कालोसूचीको सिफारिसमा परेका ५ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सोधियो स्पष्टीकरण

१० चैत, काठमाडौँ । कालोसूचीको सिफारिसमा परेका पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ ।

काम सन्तोषजनक नभएका अमन एण्ड इसा कन्स्ट्रक्सन प्रालि कैलाली, अभिषेक निर्माण सेवा दाङ, श्रेष्ठ निर्माण सेवा पाल्पा, बीटी निर्माण सेवा काठमाडौं र शिवराम कन्स्ट्रक्सन प्रालि दोलखालाई स्पष्टीकरण सोधिएको हो ।

अमन एण्ड इसा कन्स्ट्रक्सन प्रालिलाई सुर्खेतको चौकुने गाउँपालिकाले, अभिषेक निर्माण सेवालाई सडक डिभिजन दाङले, श्रेष्ठ निर्माण सेवालाई सडक पूर्वाधार विकास कार्यालय पाल्पाले कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेका थिए ।

Advertisement

यसैगरी बीटी निर्माण सेवा र शिवराम कन्स्ट्रक्सन प्रालिलाई खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

यी कम्पनीहरुलाई आज सार्वजनिक सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र कालोसूचीमा राख्न नपर्ने आधार र प्रमाण पेस गर्न भनिएको छ ।

Advertisement

स्पष्टीकरण चित्तबुझ्दो नभए सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्छ ।

कालोसूचीमा परेमा कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाइँदैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top