त्रिदेशीय टी–२० श्रृङ्खलामा नेपालले पीएनजीविरुद्ध पहिले ब्याटिङ गर्दै

त्रिदेशीय टी–२० श्रृङ्खलामा नेपालले पीएनजीविरुद्ध पहिले ब्याटिङ गर्दै

१४ चैत, काठमाडौँ । त्रिदेशीय टी–२० श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्दैछ ।

कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोज्दै घरेलु टोली नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

यो समाचार तयार पार्दासम्म नेपालले ४ ओभरमा ३५ रन बनाउँदा १ विकेट गुमाइसकेको छ । कुशल भुर्तेल २० रन बनाउँदै आउट भएका छन् भने अहिले आशिफ शेख र रोहित पौडेलले ब्याटिङ गरिरहेका छन् ।

यसअघि पीएनजीविरुद्ध एकदिवसीय श्रृङ्खला खेलेको नेपाली टिममा ५ खेलाडी परिवर्तन भएका छन् । एकदिवसीय खेलेका कप्तान सन्दीप लामिछानेसहित सोमपाल कामी, रोहित पौडेल आरिफ शेख दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल टी–२० टिममा पनि खेल्दैछन् ।

यसबाहेक आसिफ शेख, करण केसी, अविनाश बोहरा, कुशल मल्ल र लोकेश बम टी–२० मा पहिलो रोजाईमा खेल्दैछन् ।

पहिलो पटक टी–२० राष्ट्रिय टिममा समावेश भएका आदिल अन्सारी भने सोमबार नेपालको टिममा परेका छैनन् ।

एकदिवसीयमा शतक प्रहार गरेका रोहित पौडेल सोमबार बिहान मात्रै टी–२० श्रृङ्खलाका लागि टिममा समावेश भएका थिए ।

रोहितले सन् २०१९ पछि पहिलो पटक नेपालका लागि टी–२० खेल्दैछन् । उनले पछिल्लो पटक २०१९ डिसेम्बरमा १३औं दक्षिण एसियाली खेलकुदमा खेलेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.