महेन्द्रसिंह धोनीको विकल्प खोज्दै भारतीय क्रिकेट टिम

महेन्द्रसिंह धोनीको विकल्प खोज्दै भारतीय क्रिकेट टिम

एजेन्सी, भदौ १
भारतीय टेस्ट क्रिकेटबाट महेन्द्रसिंह धोनीले सन्यास लिएपछि नियमित विकेटकिपर नहुँदा भारतीय टेस्ट टिमको प्रदर्शनमा समेत औंला उठ्न थालेपछि राष्ट्रिय चयनकर्ताहरुले भरोसा गर्न मिल्ने खालको विकेटकिपरको खोजीमा छन् ।

इङ्ल्याण्डमा जारी टेस्ट खेलिरहेका दिनेश कार्तिकले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । उनले २ वटा टेस्टमा जम्मा २१ रन बनाएका छन् । त्यसैले भारतीय चयनकर्ताहरु उपयुक्त विकेटकिपर ब्याट्सम्यानको खोजीमा रहेका हुन् । उनीहरुको आखाँ अहिले ऋषभ पन्त, ईशान किशन र सन्जु स्यामसनमा लागेको छ ।

आउँदो एकदिवसीय बिश्वकप पछि धोनीले एकदीवसिय क्रिकेटबाट पनि सन्यास लिने बताइरहेका बेला अब धोनीको विकल्प खोज्नुपर्ने भारतीय टिमका पूर्व छनौटकर्ता बिक्रम राठोरले बताएका छन् ।

धोनीले टेस्टबाट सन्यास लिएलगत्तै ऋद्धिमान साहा नियमित विकेटकिपरको दौडमा सबैभन्दा अगाडि थियो । तर उनको प्रदर्शन सन्तोष जनक नभएपछि टिममा पर्न सकेनन् । शनिबारबाट शुरुहुने तेस्रो टेस्टमा ऋषभ पन्तलाई समावेश गर्ने तयारी गरिएको छ । उनले कार्तिकको स्थान लिने बुझिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.