धादिङ, चैत २३ । नेपाली कांग्रेस धादिङमा टिकट विवाद चरम अवस्थामा पुगेको छ । जिल्लामा कतै कुटाकुट भएको छ भने कतै खुकुरी हानाहान भएको छ । मंगलबार राति उम्मेदवार सिफारिसको विवादमा असन्तुष्ट पक्षले कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङमाथिद आक्रमण गरी नाक फुटाइदिए छन ।
उहाँले राति ८ बजेतिर गोली समेत चलेको दाबी गर्नुभएको छ । तामाङले आफ्नो नाक फुटाइदिने र गोली चलाउनेहरूकोविरूद्धमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने बताउनु भयो । मंगलबार नै धादिङबेसीमै उम्मेदवार सिफारिसको विषयमा निलकण्ठ नगरपालिकामा पनि खुकुरी हानाहान भएको छ ।
जिल्ला सभापति रामनाथ अधिकारी र निलकण्ठका मेयर भिम ढुंगाना पक्षबीच खुकुरी हानाहान भएको हो । सो क्रममा तीन जना घाइते भएका छन । सोक्रममा दिपक अधिकारी, धनबहादुर कार्की र नकुल वस्ती घाइते हुनुभएको छ ।
