आज घट्यो सुनको भाउ

२२ चैत ७८, बुधबार

काठमाडौं, २३ चैत । सुनको भाउ बुधबार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, मंगलबार सुन तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९८ हजार निर्धारण भएको छ । चाँदीको भाउ पनि पाँच रुपैयाँले घटेको छ ।

Advertisement

मंगलबार १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ३५ रुपैयाँ निर्धारण भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top