आज अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस

आज अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस

२३ चैत, काठमाडौँ । आज अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाइँदैछ ।

हरेक वर्षको अप्रिल ६ तारिखमा सामाजिक परिवर्तन, समुदाय विकास र सबैमा शान्तिको भावना उजागर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्र सङ्घको साधारण सभाले सन् २०१३ देखि यो दिवस मनाउन सुरु गरेको हो ।

यूएनका साथै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, इन्टरनेशनल युनिभर्सिटी स्पोर्टस्, एफआईए फाउन्डेशन, इन्टरनेशनल काउन्सिल अफ स्पोर्टस् साइन्स एन्ड फिजिकल एजुकेशनलगायत खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय निकायले यो दिवस मनाउन विश्वव्यापी आह्वान गरेका थिए ।

यसपालि ‘सबैका लागि दिगो र शान्तिपूर्ण भविष्य सुरक्षित गर्दै: खेलकुदको योगदान’ नाराका साथ दिवस मनाइँदैछ । नेपालमा सन् २०१५ यता यो दिवस निरन्तर रूपमा मनाउने गरिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.