×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कैलालीमा भत्कियो पाँच दलीय गठबन्धन

३ बैशाख २०७९

कैलाली । स्थानीय तहको निर्वाचनमा केन्द्रमा पाँच दलीय गठबन्धन गर्ने निर्णय गरे पनि कैलालीमा पाँच दलीय गठबन्धन नहुने भएको छ ।

केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र जनमोर्चा नेपालले गठबन्धन गर्ने निर्णय गरे पनि कैलालीमा भने त्यो गठबन्धन नहुने भएको हो ।

Advertisement
Advertisement

गठबन्धन भित्रै रहेको जनता समाजवादी पार्टीले आगामी वैशाख ३० गते हुने निर्वाचनमा अर्को गठबन्धन गरेर जाने निर्णय गरेको छ ।

पछिल्लो पटक सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गर्दा रुष्ट भएको जनता समाजवादी पार्टीले आज अन्य दलहरूसँग तालमेल गरेर निर्वाचनमा जाने निर्णय गरेको हो ।

आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सत्ता गठबन्धनमा जनता समाजवादी पार्टी नरहने र अन्य दलहरूसँग तालमेल गर्ने जनाएको हो ।

जसपाले कैलालीमा लोकतान्त्रिक समाजवादी पार्टी कैलाली, नेपाल लोकतान्त्रिक पार्टी कैलाली र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कैलालीसँग तालमेल गर्ने भएको हो ।

लोसपाको जिल्ला अध्यक्ष कृष्ण चौधरी,जसपाको जिल्ला अध्यक्ष गया प्रसाद चौधरी, नेपाल लोकतान्त्रिक पार्टी कैलालीका जिल्ला अध्यक्ष माधव थारु र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष केन्द्रीय उपाध्यक्षले सहमति पक्षमा हस्ताक्षर गरेका छन् ।

वैशाख १ गते बसेको संयुक्त बैठकबाट आउँदो वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति भएको थियो  ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top