शक्ति कम आँकेर अपमान नगर्न माधव नेपालको चेतावनी

शक्ति कम आँकेर अपमान नगर्न माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न सत्ता गठबन्धनका अन्य दललाई चेतावनी दिएका छन् ।

नेकपा एसले हैसियतभन्दा बढी मागेको भनेर कांग्रेस र माओवादीले भनिरहेका बेला अध्यक्ष नेपालले आफूहरूमाथि अपमानपूर्ण व्यवहार नगर्न चेतावनी दिएका हुन् ।

नेकपा एसको सम्पर्क समन्वय कमिटीले शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरूकै कारण केपी ओली सत्ताको सगरमाथाबाट भुईँमा पछारिएकोले कम नआँक्न चुनौती दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.