काठमाडौं, ४ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा जेठको तेस्रो साता गर्न निर्देशन दिएको छ ।
१२ को वार्षिक परीक्षा नजुध्ने गरी ११ को परीक्षा गर्न बोर्डले विद्यालयहरूलाई निर्देशन दिएको हो ।
‘कक्षा ११ को परीक्षा जेठ १६ गतेबाट सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षासँग नजुध्ने गरी २०७९ सालको जेठ महिनाको तेस्रो हप्तादेखि सञ्चालन गर्ने/गराउने व्यवस्था गर्न सबै विद्यालयलाई जानकारी गराइन्छ,’ बोर्डको सूचनामा भनिएको छ ।
