निर्वाचन आयोगलाई शशांक कोइरालाले बुझाए स्पष्टीकरण

३ बैशाख ७९, आइतबार

काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले निर्वाचन आयोगलाई स्पष्टीकरण दिएका छन् ।

Advertisement

२६ चैतमा नेपाल विद्यार्थी संघले आयोजना गरेको एक कार्यक्रममा कोइरालाले गत चुनावमा आफ्नो ६ करोड खर्च भएको बताएका थिए । नवलपरासी–१ बाट निर्वाचित सांसद कोइरालाले उक्त कार्यक्रममा निर्वाचन आयोगले तोकिदिएको खर्च सीमाको धज्जी उडाउँदै भनेका थिए, ‘मैले गैँडाकोटबाट तीन चोटी चुनाव जितेँ । पहिलो चुनावमा मेरो ८० हजार, दोस्रो चुनावमा ३ करोड र पछिल्लो चुनावमा ६ करोड खर्च भयो । ल भन्नुस् त, तपाईंहरू कोही मेरो क्षेत्रमा चुनाव लड्न चाहनुहुन्छ ? म छोड्न तयार छु ।’

कोइरालाको यस्तो अभिव्यक्ति सार्वजनिक भएपछि निर्वाचन आयोगले उनलाई स्पष्टीकरण सोधेको हो । आयोगमा २१ लाख ७५ हजार मात्रै खर्च भएको विवरण पेस गरेका शशांकले दिएको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ओयोगले सात दिनभित्र जवाफ पठाउन आदेश दिएको थियो ।

Advertisement

आदेशबमोजिम २ वैशाखमा पत्राचार गरी कोइरालाले आयोगलाई स्पष्टीकरण दिँदै भनेका छन्, ‘प्रतिनिधिसभाको सदस्य पदको उम्मेदवार भएपछि निर्वाचन सम्पन्न नहुँदासम्मको अर्थात् निर्वाचन आचारसंहिता लागू हुने अवधिभित्र गरेको खर्चसँग सम्बिन्धत नभइ एउटा निर्वाचनबाट अर्को निर्वाचनसम्मको अवधिमा समग्र प्रणालीहरूबाट हुने खर्चको विषयमा छलफल हुँदाखेरी व्यक्त गरिएको अभिव्यक्ति हो यो ।’

कोइरालाले आफूले प्राज्ञिक छलफलको क्रममा सैद्धान्तिक रूपमा निर्वाचन प्रणाली, पद्धति, निर्वाचन खर्च जस्ता विषयमा व्यक्त भएको विचारलाई निर्वाचन खर्चको विषयसँग जोडेर हेर्न नमिल्ने पनि जिकिर गरेका छन् । आफ्नो विचारलाई सञ्चारमाध्यमले भने फरक अर्थमा बुझेर गलत सन्देश गएको भन्दै कोइरालाले स्पष्टीकरण बुझाएका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top