४६ जिल्लाको मतपत्रको छपाइ सकियोः निर्वाचन आयोग

४६ जिल्लाको मतपत्रको छपाइ सकियोः निर्वाचन आयोग

काठमाडौं, ५ वैशाख । निर्वाचन आयोगले हालसम्म ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको जानकारी दिएको छ । ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाइ गरिसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

१ करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा हालसम्ममा सो परिणाममा मतपत्र छपाई सकिएको उनको भनाइ छ ।

आयोगले सञ्चारमाध्याममा निर्वाचनसम्बन्धी रिर्पोटिङ गर्ने समाचारदाता र फोटो पत्रकारहरूसँग अन्तरक्रिया गर्ने पनि उनले जानकारी दिए । सोमबार आयोजित नियमित पत्रकार भेटघाटमा पौडेलले भोलि (वैशाख ६ गते) काठमाडौंमा सो अन्तरक्रिया गर्न लागिएको बताए ।

‘आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मत पत्रमध्ये आजसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ,’ पौडेलले भने ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.