पोखरा, ५ वैशाख ।नेकपा माओवादी केन्द्रले स्थानीय तह चुनावमा पोखरा महानगरपालिकाको मेयर उम्मेद्वारमा तीन जनाको नाम सिफारिस गरेको छ ।

महानगर कमिटीको सोमबार बसेको बैठकले मेयरमा एक महिलासहित तीन जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो ।

मेयरमा बखानसिंह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ ।

उपमेयरमा एक पुरुष नेतासहित तीन जनाको नाम सिफारिस गरिएको छ । उपमेयरमा गोमा ढकाल, सिर्जना त्रिपाठी र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको हो ।

Scroll to Top