काठमाडौं, बैशाख ६ । भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतबीच भारतको देहराधुनमा भेटघाट भएको छ ।
मुख्यमन्त्री धामी पशुपतिनाथले डोलेश्वर महादेवको दर्शन गर्न नेपाल आउने इच्छा व्यक्त गर्नुभएको छ । मुख्यमन्त्रीको सचिवालयका अनुसार पूर्वमन्त्रीसमेत रहेका बस्नेतले नेपाल भ्रमण गर्न दिएको निम्तो धामीले स्वीकार गर्नुभएको छ ।