काठमाडौं, ६ वैशाख ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
सरकारले छानबिन समिति बनाएर अधिकारीमाथि छानबिन सुरु गरेपछि उनी स्वतः निलम्बन भएका थिए । छानबिनविरुद्ध अधिकारीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
न्यायाधीश हरि फुयालकाे एकल इजलासमा मंगलबार साे रिटमाथि सुनुवाइ भएकाे थियाे । इजलासले अल्पकालीन अन्तरिम आदेश दिँदै छलफलका लागि वैशाख १३ मा दुवै पक्षलाई बाेलाएकाे छ । सर्वाेच्चले छानबिन समिति गठन गर्नुकाे कारणसमेत मागेकाे छ ।
