एमालेले ‘एक घर एक धारा’ अभियान सुरु गर्ने, दुई वर्षमा सबै नागरिकको पहुँचमा खानेपानी

९ बैशाख ७९, शुक्रबार
Share this
696shares

काठमाडौं, ९ वैशाख ।नेकपा एमालेले ‘एक घर एक धारा’ अभियान चलाएर आगामी दुई वर्षभित्र सबै नागरिकको पहुँचमा खानेपानी पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

Advertisement

एमालले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा प्रत्येक नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी तथा सरसफाइको व्यवस्थामार्फत सफा, सुन्दर र सभ्य पालिका निर्माण गर्ने उल्लेख छ ।

‘प्रत्येक नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी र सरसफाइको व्यवस्था मार्फत सफा, सुन्दर र सभ्य पालिका निर्माण गर्ने,’ घोषणापत्रमा भनिएको छ, ‘एक घर एक धारा अभियान अन्तरगत आगामी दुई वर्षभित्र सबै नागरिकमा खानेपानीको सुलभ आपूर्ति सुनिश्चित गर्ने ।’

Advertisement

खानेपानी व्यवस्थापनमा जनसहभागिता सुनिश्चित हुने गरी उपयक्तु संयन्त्र निर्माण गर्ने, ठूला खानेपानी आयोजना संघ र प्रदेशसँगको सहकार्यमा निर्माण गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top