भागवण्डामा असन्तुष्टि जनाउँदै कांग्रेस जनकपुर उपमहानगरका सभापतिले छाडे पार्टी

९ बैशाख २०७९, शुक्रबार
Share this
735shares

काठमाडौं, ९ वैशाख ।सत्ता गठबन्धनले गरेको भागवण्डामा मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस जनकपुर उपमहानगरपालिका सभापति मनोजकुमार साहले पार्टी छाडेका छन् ।

Advertisement

शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले कांग्रेस छाडेका हुन् । साहले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवारी दिने जनाएका छन् ।

‘नेपाली कांग्रेसले जनकपुरको सन्दर्भमा गरेको गलत निर्णय सच्याउन यसअघि २४ घन्टे अल्टिमेटम दिएका थियौँ, नभए कठोर कदम चाल्न बाध्य हुनेसमेत भनेका थियौँ,’ साहले भने, ‘तर पार्टीले त्यो कुराको सुनुवाइ नगरेपछि नेपाली कांग्रेस परित्याग गरेको हो ।’

Advertisement

उनीसँगै सबै नगर वडा सभापतिहरूले पनि कांग्रेस छाडेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top