गाँजा लगाए सेवा सुविधा नपाउने

गाँजा लगाए सेवा सुविधा नपाउने

हेटौंडा : मकवानपुरका दुई गाउँपालिकाले गाँजा खेती गर्ने व्यक्तिलाई कुनै पनि प्रकारको सेवा सुविधा उपलब्ध नगराउने निर्णय गरेको छ ।यो समाचार आजको कान्तिपुरको पृष्ठ ४ मा छापिएको छ ।

गाउँपालिका अध्यक्ष टंक मोक्तानका अनुसार गाँजा खेती गर्ने कृषकलाई वडा कार्यालय र गाउँपालिकाले कुनै पनि सिफारिस र सेवा सुविधा उपलब्ध गराउने छैन । उनले भने,‘गाँजा र अफिम खेती निरुत्साहित गरी पूर्ण रुपमा विस्थापित गर्न यस्तो निर्णय गरेका हौँ । ’

त्यस्तै राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाउँबाट गाँजा र अफिम खेती विस्थापित गरिने बताए । जिल्लाका पश्चिमी क्षेत्रका यी दुई गाउँपालिकामा गाँजा र अफिमको उत्पादन अत्याधिक हुने गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.