विराटनगर, १२ वैशाख । नेकपा (एमाले) को तर्फबाट विराटनगरको मेयर पदका लागि सागर थापाले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेका थापाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै एमालेबाटै उपमेयरमा शिल्पा कार्कीले उम्मेदवारी दिएकी छिन् ।
एमालेले सोमबार विहान मात्र विराटनगर महानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको थियो ।