पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थी आन्दोलित

३१ बैशाख ७९, आइतबार

१ जेष्ठ ,विराटनगर। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आईतबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रिय कार्यालय टेकूमा पुगेर अविलम्व खारेज गर्न सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेको हो ।

जनताको जीवननै धान्न नसक्ने गरी सरकारले मूल्यवृद्धि गरेकाले तत्काल खोरेज गर्न माग गर्दै विरोध प्रर्दशन गर्नु परेको मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले बताए ।

Advertisement

उनले सो मूल्यवृद्धि तत्काल खारेज नभए जनआन्दोलनको आँधिबेहरी सृजना गरी वर्तमान सरकारनै ध्वस्त पारिदिने चेतावनी समेत दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top