दार्चुलामा जीप दुर्घटनाः तीन जनाको घटनास्थलमै मृत्यु

दार्चुलामा जीप दुर्घटनाः तीन जनाको घटनास्थलमै मृत्यु

२ जेष्ठ, दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

शैल्यशिखर नगरपालिका–६ ग्वानीमा बिहान साढे ९ बजे से १ ज २७७ नम्बरको जीप सडकबाट खस्दा ३ जनाको घटनास्थलमा नै ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा जीपका चालक ग्वानीका २३ वर्षका प्रकाशसिंह धामी, २२ वर्षका नवीन धामी र १९ वर्षका हरिसिंह धामीको घटनास्थलमा नै ज्यान गएको हो । प्रहरीको टोली घटनास्थल पुगेको छ ।

नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरुलाई लिन जाँदै गर्दा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.