१२ जेष्ठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम अस्थिर सत्ता गठबन्धनको अस्थिर घोषणा पत्र भएको टिप्पणी गरेका छन् ।
संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले नीति तथा कार्यक्रम सस्तो लोकप्रिय र गैर जिम्मेवारपूर्ण रहेको आरोप लगाए ।
नीति तथा कार्यक्रममा राम्रा राम्रा शब्द खोजेर राखेको तर ती शब्दका अर्थ नै थाहै नभएको आरोप लगाउँदै उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम अर्थ न बर्थ गोविन्द गाई जस्तै छ ।’
उनले सत्ता पक्षलाई षडयन्त्रको गठबन्धन समेत भन्दै कटाक्ष गरेका छन् ।