१२ जेष्ठ, एजेन्सी । रुस र युक्रेनबीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले सङ्कटकाल घोषणा गरेका हुन् ।
उनले रुस र युक्रेनबीच युद्ध निरन्तर चलिरहेकाले त्यसको असर बढ्दै गएको र सङ्कटकाल घोषणा गर्नुपरेको बताएका छन् ।
नवनिर्वाचित प्रधानमन्त्री अर्वानले अस्ति मात्रै नयाँ सरकार गठन गरेका थिए ।
हिजोदेखि लागू भएको सङ्कटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित भएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सङ्कटकाल कार्यान्वयनबाट मुख्य गरी आर्थिक सङ्कटसँगै बढ्दो अभाव र महङ्गी न्यूनीकरणका लागि सहयोग पुग्ने हङ्गेरी सरकारले जनाएको छ ।