नाइजेरियाको एक चर्चमा भागदौड मच्चिदा कम्तीमा ३१ जनाको मृत्यु

१५ जेष्ठ, एजेन्सी । नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ ।

दक्षिणी रिभर राज्यको पोर्ट हार्कोर्ट सहरमा एक धार्मिक कार्यक्रमपछि खाना खाने समयमा एक्कासी भागदौड भएको थियो ।

त्यहाँको प्रहरीले कम्तीमा ३१ जनाको ज्यान गएको पुष्टि गरेको छ भने अरु केही घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ ।

घाइतेहरूको स्थानीय अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

अफ्रिकी देश नाइजेरियामा समुदाय–समुदायबीच बेलाबेला आपसी द्वन्द्वका घटना हुँदै आएका छन् ।

Scroll to Top