कोभ्याक्समार्फत ८४ लाख बालबालिकाका लागि फाइजर खोप आउँदै

१५ जेष्ठ , काठमाण्डौ ।सरकारले पाँचदेखि १२ वर्षमुनिका बालबालिकाका लागि आगामी असार १५ देखि कोरोना भाइरस विरुद्धको खोप दिने तयारी गरेको छ ।

कोभ्याक्स सुविधामार्फत बालबालिकाका लागि ८४ लाख फाइजर खोप निःशुल्क प्राप्त हुने भएपछि सरकारले असार १५ देखि दिने तयारी गरेको हो ।

पहिलो चरणमा १५ लाख खोप असार १५ भित्र आइसक्ने स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले जानकारी दिए ।

कोरोनाविरुद्ध खोप अभियानमा नेपालले उल्लेखनीय प्रगति गरेको भन्दै कोभ्याक्स कार्यक्रम अन्तर्गत बालबालिकालाई निःशुल्क खोप उपलब्ध भएको डा. मरासिनीको भनाइ छ ।

‘पहिलो चरणमा १५ असारसम्ममा बालबालिकालाई फाइजरको १५ लाख खोप आउने छ । हामीसँग खोपको भण्डारण क्षमता कम भएकाले एक पटकमा १० लेखि १५ लाख डोज पटक–पटक ल्याउने तयारी गरेका छौं’, डा. मरासिनीले भने, ‘विगतमा फाइजर खोप सञ्चालन भएका २१ जिल्लाका बालबालिकामा पहिला लगाइनेछ।

’उनका अनुसार ५६ जिल्लामा फाइजर खोप पहिलोपटक सञ्चालन हुने भएकाले स्वास्थ्यकर्मीलाई तालिम दिने काम भइरहेको छ ।

स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार पाँचदेखि ११ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिका छन् । उनीहरूलाई दुई मात्रा पुग्ने गरी ८४ लाख मात्रा खोप निःशुल्क आउने छ ।

कोभ्याक्सले बालबालिकालाई निःशुल्क खोप उपलब्ध गराएको विश्वमा नेपाल पहिलो देश हो ।

खोप खरीदका लागि साढे ६ अर्ब रुपैयाँ जति पर्छ । सिरिन्ज र घोलक पदार्थ नै कोभ्याक्सबाट नै आउँछ’, डा. मरासिनीले भने,’ कोभ्याक्स सुुविधामार्फत निःशुल्क खोप आउने भएपछि सरकारको रकम जोगिएको छ ।

’१२ वर्षमाथिका व्यक्तिहरूलाई ०.३ एमएलका दरले खोप लगाए पनि पाँच देखि १२ वर्षमुनिका बालबालिकालाई ०.२ एमएलका दरले खोप दिनुपर्छ । फाइजर खोप अल्ट्रा कोल्डचेन माइनस ४४ देखि ८० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top