२८ जना कोरोना सङ्क्रमित थपिए

२३ जेठ ७९, मंगलबार

२४ जेष्ठ ,काठमाण्डौ । पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

Advertisement

पीसीआर र एन्टिजेन गरी तीन हजार तीन सय ७६ जनाको नमुना परीक्षण गर्दा २८ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप नौ जना सङ्क्रमित निको भएका छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन ।

अहिले नेपालमा एक सय सात जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा एक लाख आठ हजार सात सय ९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top