आज पनि देशका धेरै ठाउँमा वर्षा, पूर्वी क्षेत्रमा बाढीपहिरोको जोखिम

२६ जेष्ठ, काठमाडौँ । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

Advertisement

केही ठाउँमा रातिदेखि नै परेको पानी रोकिएको छैन । अहिले पानी पर्न रोकिएका काठमाण्डौ लगायतका ठाउँमा दिउँसो फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताए ।

उनका अनुसार पछिल्लो समय प्रदेश १, वाग्मती, गण्डकी र मधेस प्रदेशका धेरै ठाउँमा लगातारजसो पानी परिरहेको छ । अन्य प्रदेशमा भने केही ठाउँमा मात्र वर्षा भएको छ ।

Advertisement

मौसमविद्का अनुसार लगातारजसो पानी परेकाले पूर्वी क्षेत्रमा बाढी पहिरोको जोखिम रहेको छ । यसअघि परेको पानीले जमिन गलिसकेको र जमिनले सोस्नु पर्ने जति पानी सोसिसकेकाले अबको वर्षाले बाढी पहिरोको जोखिम बढाउने मौसमविद् सापकोटाले बताए ।

भिरालो जमिन र नदी, खोला आसपासमा बसोबास गर्नेहरुलाई सावधानी अपनाउन मौसमविद्को आग्रह छ । नेपालमा सामान्यतया जुन १३ तारिखमा मनसुन भित्रिने भनिए पनि गएको ५ तारिखमा नै भित्रिएको छ ।

Advertisement

अहिले प्रदेश–१ मा मनसुनी गतिविधि सक्रिय छ । अन्य प्रदेशमा भने मनसुन सक्रिय भइसकेको छैन । नेपालको पूर्वी क्षेत्रमा मनसुनी वायुको सामान्य प्रभाव परेको छ ।

मध्य तथा पश्चिमी क्षेत्रमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व पश्चिमी न्यून चापीय रेखाको प्रभाव परेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top