×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

पूर्वका उद्योगी र अर्थमन्त्रीबीच वार्ता,कर संशोधन गर्ने आश्वासन

२७ जेष्ठ २०७९

२७ जेष्ठ , विराटनगर । स्यानिटरी प्याड, वनस्पति तेल र एमएस वायरमा आधारित तीन थरीका उद्योगका समस्याको सम्बोधन गर्नुपर्ने माग राख्दै सडक आन्दोलनमा उत्रिएका पूर्वका उद्योगीहरुले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् ।

भेटका क्रममा अर्थमन्त्रीले समस्या समाधानका लागि असार १ गतेदेखि नै आफूले काम सुरु गर्ने आश्वासन दिएका छन्।

Advertisement
Advertisement

 

अर्थ मन्त्रालयको आमन्त्रणमा वार्तामा पुगेकाउद्योगीसँग मन्त्री शर्माले जेठ ३० गते बजेट पारित भएपछि तीन उद्योगका समस्या समाधान गर्ने वचनबद्धता प्रकट गरेका हुन्।

 

वार्तामा जेठ ३० गते बजेट पास भएपछि तत्कालै असार १ देखि म समस्याको सम्बोधन गर्ने अर्थमन्त्रीले वचन दिएको प्रिमियर वायरका सञ्चालक पवनकुमार शारडाले जानकारी दिए ।

वार्तामा मन्त्री शर्मा जिआई वायरको निर्यात भएपछि त्यसको कच्चापदार्थ एमएस वायरमा लाग्ने अन्तःशुल्कको रकम पनि फिर्ता गर्न राजी हुनुभएको उद्योग सङ्गठन मोरङका अध्यक्ष प्याकुरेलले बताएका छन् ।

वार्तामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, सिएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरे, शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, हुलास वायरका सञ्चालिका युक्ति गोल्छा, मोरङ व्यापार संघका महासचिव अनिल शारडा लगायतका उद्योगीले स्यानिटरी प्याड, वनस्पति तेल र एमएस वायरमा आधारित तीन थरीका उद्योगलाई बजेटले पुर्यााएको संकटका बारेमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।

सो क्रममा उद्योगीहरुले अर्थमन्त्रीलाई मागपत्र समेत बुझाएका थिए । तीन वटै व्यावसायिक सङ्गठनले आजै प्रदेश नं. १ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसम्म शान्तिपूर्ण सांकेतक विरोध र्याली गर्दै प्रदेश नं. १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेज्यूलाई ज्ञापन पत्र बुझाएका थिए ।

आ.व.२०७९÷८० का बजेट नीतिहरुको विरोधमा मोरंग व्यापार संघको नेतृत्वमा थालिएको विरोध कार्यक्रममा उद्योगी तथा ब्यापारीहरु विराटनगर बजार हुँदै प्रदेश नं. १ को मन्त्रीपरिषदको कार्यालयसम्म शान्तिपूर्ण सांकेतक विरोध र्यालीसहित पुगेका थिए ।

व्यापार संघका अध्यक्ष नवीन रिजालले विराटनगरका तीन व्यावसायिक सङ्गठनले चलाइरहेको आन्दोलन के गर्ने भन्ने विषयमा शनिबार तीन वटै सङ्गठनको संयुक्त बैठक बसेर निर्णय गरिने जानकारी दिएका छन् ।

Advertisement

बिहीबार उनीहरुले मोरङको बूढीगंगामा सडक प्रर्दशन गर्दे बजेटका नीतिको विरोध गरेका थिए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top