रेमिट्यान्स बढ्दो क्रममा रहेको राष्ट्र बैंकको तथ्यांक

रेमिट्यान्स बढ्दो क्रममा रहेको राष्ट्र बैंकको तथ्यांक

२८ जेष्ठ ,काठमाण्डौ ।नेपाल राष्ट्र बैंकले रेमिट्यान्स बढ्दो क्रममा रहेको तथ्यांक सार्वजनिक गरेको छ।

गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा चालू आर्थिक बर्षको दश महिनामा रेमिट्यान्स शुन्य दशमलब २ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

२०७९ वैशाख महिनामा मात्रै ८७ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

राष्ट्र बैंककाअनुसार चालू आर्थिक बर्षको दश महिना अर्थात बैशाख मसान्तसम्म नेपाल भित्रिने रेमिट्यान्स समिक्षा अवधिसँगको तुलनामा बढेर ८ खर्ब ११ अर्ब ७९ करोड पुगेको छ।

चालु आर्थिक वर्षको नौ महिना अर्थात चैत मसान्तसम्म सात खर्ब २९ अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको थियो।

त्यस्तै समिक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २,७८,२९८ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८।४ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८५।५ प्रतिशतले वृद्धि भई २,३०,४६६ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४।० प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ०।०१ प्रतिशतले वृद्धि भई रु।९०३ अर्ब ६२ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७।१ प्रतिशतले बढेको थियो

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.