तीन दिनदेखि हराइरहेका एक युवकको शव इनारमा भेटियो

२७ जेठ ७९, शनिबार

२८ जेष्ठ ,कपिलवस्तु। कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ ।

तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव शनिबार इनारमा डुबेको अवस्था फेला परेको हो ।

श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा कहारको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए ।

Advertisement

उनका अनुसार कहारको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल पठाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top