बहुमतले पारित प्रदेश १ को नीति तथा कार्यक्रम

२८ जेष्ठ , विराटनगर ।प्रदेश १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९र८० प्रदेशसभाबाट बहुमतले पारित भएको छ ।

Advertisement

आइतबार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेको हो । सभामुख प्रदिप कुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् ।

बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले सासंदहरुले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए ।

Advertisement

नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरु हिक्मतकुमार कार्की, जिवन घिमिरे, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर र लीलाबल्लभ अधिकारीले संशोधन गर्ने प्रस्ताव राखेका थिए ।

सासंदहरुले ती प्रस्ताव फिर्ता लिएनन् । तर, ती प्रस्तावहरू बहुमतले अस्वीकृत भएका थिए ।

Advertisement

यस्तै, असार १ गते प्रदेश सभा बैठकमा बजेट पेस हुँदैछ । उक्त बैठकका लागि सांसदहरूलाई २ बजे उपस्थित हुन सभामुखले अनुरोध गरेका छन् ।

नीति तथा कार्यक्रममाथिको छलफलमा पूर्वमुख्यमन्त्रीद्वय शेरधन राई र भिम आचार्यसहित २० जना प्रदेशसभा सदस्यहरूले बोलेका थिए ।

छलफलमा उठेको जवाफ दिँदै मुख्यमन्त्री राईले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक फरक भए पनि प्रदेशको विकासमा एकतावद्ध भएर अघि बढ्न आग्रह गरे ।

उनले सांसदहरूलाई प्रस्तुत नीति तथा कार्यक्रम अनुरूप नै आगामी वर्षको बजेट आउने विश्वास दिलाए ।

सरकारबाट भएका कमीकमजोरी औंल्याउनु सकारात्मक भए पनि प्रदेश सरकारले केही गर्दै गरेन भन्नु पूर्वाग्रही हुने उनले बताए ।

‘पदमा भएपछि एउटा भाषा र पद बाहिर भए अर्को भाषा किन बोल्छौँ ,’ मुख्यमन्त्री राईले भने । बजेट तथा नीती कार्यक्रम साझा बिषय भएकोले यसलाई मिलेर अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले चुनावी सरकारले दीर्घकालीन महत्वका र पूरा हुन नसक्ने योजनाहरु ल्याएको भन्दै आलोचना गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top