नेविसंघले असारभित्रै पूर्णता पाउने देउवाको बचन

नेविसंघले असारभित्रै पूर्णता पाउने देउवाको बचन

२९ जेठ, काठमाडौं। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको पूर्ण कार्यसमिति असार महिनाभरमा गठन हुने बचन दिएका छन्।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पालाई संघको पूर्ण कार्यसमिति गठन हुने बताएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा देउवालाई भेट्न पुगेका शेर्पाले भने,‘असार महिनाभित्र नेविसंघको पूर्ण कार्यसमिति आउँछ भन्नुभएको छ ।’

विधान अनुसार अथवा नेताहरुको सहमतिमा जुन प्रकृतिको भएपनि कार्यसमितिलाई पूर्णता प्रदान गर्न शेर्पाले सभापति देउवासँग आग्रह गरेका थिए ।

संघको गतिविधि, केन्द्रीय समितिको विस्तार, त्रिविको तालबन्दी खुला,संस्कृत विश्वविद्यालयका समस्या, त्रिविमा उच्च स्तरीय छानबिन समिति गठन, संघको सदस्यता वितरण लगायतका विषयमा छलफल भएको शेर्पाले बताए ।

९ चैतमा संघको अध्यक्षमा दुजाङलाई मनोनित गरिएको थियो । यस वीचमा संघको केन्द्रीय नेतृत्व एक जनामा मात्रै सीमिति थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.