पार्टीभित्रैको आन्तरिक कमजोरीले स्थानीय निर्वाचनमा पराजय व्यहोरेको नेपालको भनाइ

पार्टीभित्रैको आन्तरिक कमजोरीले स्थानीय निर्वाचनमा पराजय व्यहोरेको नेपालको भनाइ

४ जेष्ठ, काठमाण्डौ ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रैको आन्तरिक कमजोरीले स्थानीय तहमा निर्वाचनमा पराजय व्यहोरेको बताएका छन् ।

पार्टीको युवा विशेष जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले पार्टीभित्रैकै कमजोरी हारको मुख्य कारण बताएका हुन् ।

संघीय र प्रादेशिक संसदको निर्वाचनमा कमजोरी सुधारेर अघि बढ्न उनले कार्यकर्तालाई निर्देशन दिएका छन् ।

स्थानीय चुनावमा हामीलाई समय कम भयो र हामीले धेरै ठाउँमा पराजय व्यहोर्‍यौँ ।

हामी अब बुथ केन्द्रित संगठन निर्माणमा अघि बढ्नुपर्छ । जनताको विश्वासलाई जितेर समानुपातिक मत बढाउनुपर्छ,उनले भने ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.