नेपाल बार एशोसिएशनको कार्यशाला गोष्ठी प्रारम्भ

३ असार ७९, शनिबार

४ जेष्ठ,काठमाण्डौ । नेपाल बार एशोसिएशनको दुई दिने कार्यशाला गोष्ठी प्रारम्भ भएको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रम बीच कार्यशाला गोष्ठी प्रारम्भ भएको हो।

एशोसिएशनको आगामी भूमिकाहरू तय गर्नको लागि गोष्ठीको आयोजना गरिएको महासचिव अधिवक्ता अन्जिता खनालले बताइन्।

Advertisement

न्यायपालिकाको सुद्धीकरण, सुदृढीकरण र जनआस्था अभिबृद्धिको निमित्त नेपाल बार एशोसिएनको आगामी भूमीका तय गर्नका लागि सम्पूर्ण बार एकाइहरूका अध्यक्ष, सचिव र केन्द्रीय सल्लाहकारहरुसँगको अन्तरक्रियात्मक कार्यशाला गोष्ठी काठमाडौंमा शुभारम्भ भयो,’ उनले भनिन्।

गोष्ठीमा समग्र न्यायपालिकाको सुधारका लागि घनीभूत छलफल गरी अन्त्यमा घोषणापत्र समेत जारी गर्ने कार्ययोजना छ।

Advertisement

यस कार्यक्रमको उद्घाटन कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले गरेका थिए।

कानून व्यवसायीको साख एवं दक्षता अभिवृद्धिका लागि नेपाल बार एशोसिएशनले खेल्नु पर्ने भूमीका र स्वेच्छिक निःशुल्क कानूनी सेवाको अवधारणा र अवस्थाका बारेमा पनि छलफल गरिनेछ।

उद्घाटनका क्रममा मन्त्री कोइरालाले समग्र न्यायपालिकाको सुद्धिकरणका लागि सबै क्षेत्रबाट प्रारम्भ भइसकेको तर अदालतबाट हुन नसकेको बताए।

अदालतबाट नभएसम्म अन्तिम नतिजा प्राप्त नहुने पनि उनले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top