प्रधानमन्त्री बैठकमा अनुपस्थित भएपछि रावलले भने, ‘बैठकबाट खेद प्रस्ताव पारित गर्नुपर्छ’

५ असार, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा नगएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले विरोध गरेका छन् ।

Advertisement

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका एमाले सांसद भीम रावलका अनुसार प्रधानमन्त्री समिति बैठकमा अनुपस्थित हुनु भनेको संसदीय गरिमाको अवमूल्यन हो ।

‘बिरामी, विदेश भ्रमण वा अन्य जरूरी कुरा नभई प्रधानमन्त्री समिति बैठकमा अनुपस्थित हुनु संसदीय गरिमाको अवमूल्यन हो,’ उनले समितिको बैठकमा आज भने, ‘संविधान र संसद्को रक्षा गर्न भन्दै प्रधानमन्त्री बनेपछि संसदप्रति उत्तरदायी हुनु पहिलो कर्तव्य हो। यसमा खेद प्रस्ताव पारित गर्नुपर्छ।’

Advertisement

रावलले खेद प्रस्ताव पारित गर्ने भनेपछि नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले प्रतिवाद गरेकी थिइन्।

प्रधानमन्त्रीको अमेरिका भ्रमण तय भइनसकेको उनको भनाइ थियो।

Advertisement

‘प्रधानमन्त्रीले म अमेरिका जाने भएपछि आउँछु भनेपछि किन यही कुरा गरिँदैछ,’ उनले भनिन्, ‘कुतर्क गर्ने र विषयबस्तुभन्दा बाहिर जाने हो भने केही पाइँदैन। विषयबस्तुमाथि छलफल गरौं।’

एसपिपी र प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छलफलका लागि प्रधानमन्त्री देउवालाई बोलाएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top