पटनामा १८५ जना सवार विमानमा आगो लाग्यो, सबै सकुशल

४ असार ७९, आइतबार

५ असार ,एजेन्सी । बिहारको राजधानी सहर पटनामा १८५ मानिस सवार विमानमा आगलागी भएको छ।

बिहारको पटनाबाट दिल्लीतर्फ गइरहेको विमानमा आगलागी भएको हो। भारतीय समाचार संस्था एएनआईका अनुसार स्पाइस जेटको विमान उडान भर्ने समयमा विमानमा आगलागी भएको थियो।

त्यसपछि विमानलाई आपतकालीन अवतरण गराइएको थियो।

Advertisement

पटना विमानस्थलका अधिकारीहरुका अनुसार विमानका सबै यात्रु सुरक्षित रहेका छन् ।

भारतीय सामाचार संस्था एएनआईका अनुसार विमानको बायाँ पंखामा आगलागी भएको हो।

Advertisement

जमिनमा रहेका मानिसहरुले विमानमा आगलागी भएको देखेका थिए। चराको ठक्करबाट यो घटना भएको बताइएको छ ।

स्थानीय मानिसहरूले विमानको तल्लो भागमा आगो लागेको र ठूलो आवाज आएको बताएका छन्। मानिसहरूले त्यो विमानबाट धुवाँ निस्किरहेको देखेका थिए ।

घटनाको जानकारी पाएलगत्तै विमानस्थल प्रशासन र यससँग सम्बन्धित सबै उच्च अधिकारी घटनास्थलमा पुगेका थिए ।

नागरिक उड्डयन महानिर्देशनालयका अनुसार दिल्लीबाट उडेको स्पाइसजेटको विमान चरासँग ठोक्किएर हावामा इन्जिन बन्द भएपछि पटना फर्किएको थियो।

जहाजमा सवार सबै यात्रु सकुशल छन् । आगलागीका विषयमा थप अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top