कुरियर सेवामा प्रतिस्पर्धा रोक्न शुल्क निर्धारण गर्ने सहमति

५ असार ७९, सोमबार

६ असार, काठमाडौं । कुरियर सेवामा अस्वस्थ प्रतिस्पर्धा रोक्न भन्दै न्यूनतम शुल्क निर्धारण गर्ने सहमति व्यवसायीले गरेका छन् ।

कुरियर व्यवसायीको छाता संगठन नेपाल कुरियर सेवा संघले सबै कुरियर कम्पनीहरुसँग सम्झौता गरी न्यूनतम शुल्क निर्धारण गरेको जनाएको छ ।

संघका अनुसार अब कुरियर व्यवसायीहरुले प्रतिकेजी ३० रुपैयाँ तथा प्रतिडकुमेन्ट न्यूनतम २५ रुपैयाँ मात्र लिन पाउनेछन् ।

यसभन्दा कम दररेटमा सेवा प्रवाह गर्ने कुरियर कम्पनीहरुलाई संघले कारबाहीको प्रक्रिया अघि बढाउने संघका महासचिव राजकुमार सामरीले जानकारी दिए ।

महासचिव सामरीका अनुसार व्यवसायीहरुबीच वृहत छलफल र कानुन व्यवसायीहरुको सल्लाह लिएर कुरियर सेवा संघ र कुरियर सेवा प्रदायक कम्पनीहरुबीच न्यूनतम शुल्क लागू गर्नेसम्बन्धी सम्झौताको मस्यौदा गरिएको छ ।

कुरियर कम्पनीहरुले संघमा ५० हजार रुपैयाँ धरौटी राख्नुपर्ने र सम्झौता उल्लंघन गरेको पाइएमा २५ हजार रुपैयाँसम्म जरिवान गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

व्यवसायीले न्यूनतम शुल्कको सम्झौता पालना गरे नगरेको अनुगमन संघले गर्ने जनाइएको छ ।

संघले तय गरेको न्यूनतम दररेट भन्दा कम दररेटमा बजारमा बुकिङ गरेको प्रमाणित भएमा कुरियरका मेलव्याग बोक्ने लोजिस्टिक कम्पनीहरुलाई अनुरोध गरि मेलव्याग ल्याउने, पुर्‍याउने सेवा बन्द गरिने सम्झौतामा उल्लेख छ ।

न्यूनतम शुल्क लागू नगर्ने कम्पनीलाई कालोसूचीमा राख्ने तथा विभिन्न शाखामा हुने डेलिभरीलाई समेत रोक लगाइने जनाइएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top