नेपाल हङकङसँग ७ विकेटले पराजित भएपनी सेमिफाइनलमा

६ असार ७९, मंगलबार

७ असार, काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ ।

नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै ११२ बनाएर जित हासिल ग¥यो ।

हङकङका लागि ओपनर मेरिको हिलले सर्वाधिक ४५ रन बनाइन् ।

अर्की ओपनर बोल्ला बो यी सीता राना मगरको हातबाट ९ रनमा एलबीडब्ल्यु आउट भइन् ।

ओपनर मेरिको हिल स्पिनर संगिता राईको बलमा ममता चौधरीबाट क्याच आउट भइन् ।

तेस्रो क्रममा आएकी नताशा माइल्स २८ रनमा र पाँचौं क्रममा आएकी सानेज सहजाद ४ रनमा अविजित रहे ।

चौथो क्रममा क्लेरी च्यान १७ रनमा संगिता राईबाट बोल्ड आउट भइन् ।

नेपालका लागि स्पिनर संगिता राईले सर्वाधिक २ विकेट लिइन् ।

यसअघि मलेसियाको किनरारा मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३२ बनाइन् । विन्दु रावल २३ र अप्सरी बेगमले २२ रन बनाइन् ।

नेपालका अन्य कुनै ब्याटरले दोहोरो अंकको रन बनाउन नसक्दा नेपाललाई १०० रनको लक्ष्य गर्न पनि निकै कष्ट भएको थियो ।

खेलमा लगातार ६ विकेट गुमाएको नेपालले १५ ओभरपश्चात मात्र सम्हालिएको खेल प्रस्तुत गरेको थियो ।

हङकङका लागि चनका बेट्टीले सर्वाधिक २ विकेट लिइन् । मरियम बीबी र एलिशा हर्बडले समान १÷१ विकेट लिए ।

समूह ‘बी’ मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top