भोलिदेखि आकस्मिक उडान पनी बन्द गर्ने वायु सेवा सञ्चालक सङ्घको घोषणा

६ असार ७९, मंगलबार

असार ७,काठमाण्डौ । वायु सेवा सञ्चालक सङ्घ नेपालले भोलि बुधवारदेखि आकस्मिकसहितका सबै हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ ।

Advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरणले पूरा गर्नै नसकिने प्रावधान लागू गरेको भन्दै सङ्घले भोलिदेखि आकिस्मकसहितका सबै उडान बन्द गर्ने घोषणा गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै जहाजको रात्रि बिसान गर्दा समस्या भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले आजदेखि लागू हुने गरेर काठमाण्डौबाहिर आधार विमानस्थलमा रात्रि बिसान गरेर मात्रै उडान गर्न पाइने प्रावधान लागू गरेको छ ।

Advertisement

तर प्राधिकरणले आफूहरूसँग एक पटक पनि छलफल नगरी एकतर्फी रूपमा ल्याएको यो प्रावधान मान्न नसकिने सङ्घको भनाइ छ ।

अहिले भइरहेकै व्यवस्थाअनुसार त्रिभुवन विमानस्थलबाट हेलिकप्टर तथा हवाईजहाजले विना अवरोध उडान र रात्रि बिसान गर्न पाउनुपर्ने, यात्रु सेवा शुल्क, ल्यान्डिङ, पार्किङ, नेभिगेशन लगायतका शुल्क फिर्ता लिनुपर्ने, त्रिभुवन विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालिन हेलिप्याड, मर्मतका लागि ह्याङ्गर लगायतका पूर्वाधार हुनुपर्ने लगायतका माग सङ्घले राखेको छ ।

Advertisement

सरकारको गैरजिम्मेवार निर्णयका कारण आफूहरूले सेवा नै रोक्नुपर्ने अवस्था आएकोमा यात्रुसँग क्षमा माग्दै सङ्घले यसबाट हुने असुविधाको जिम्मेवारी सरकारले नै लिनुपर्ने पनि जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top