आन्दोलनरत विर्तामोड वाणिज्य संघका अध्यक्षसहित अन्य १० व्यवसायी नियन्त्रणमा

८ असार, विराटनगर । झापाको विर्तामोडमा विर्तामोड उद्योग वाणिज्य संघ नेतृत्वको आन्दोलनमा प्रहरीले बल प्रयोग गरी १० जना व्यवसायीलाई नियन्त्रणमा लिएको छ।

बुधबारे हटियाका व्यवसायीहरूलाई बिजुलीको मिटर दिनुपर्ने मागसहित चार दिनदेखि व्यवसायीहरू आन्दोलन गरिरहेका थिए।

विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, सन्तोष उप्रेती, राधिका चुडाल, कल्पना पुरी, संगीता न्यौपाने, तुलसा तामाङ, निरू अधिकारी, एकता कडरिया विष्ट लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

Advertisement

उनीहरूलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखिएको छ।

विर्तामोड नगरपालिका अगाडि विरोध प्रदर्शन गर्दै आन्दोलनकारीहरू नगरपालिकाभित्र छिर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको विर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ।

Advertisement

इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी रूगमबहादुर कुँवरले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिइएको बताए।

बुधबारे हटियाका व्यवसायीहरूलाई बिजुलीको मिटर दिनुपर्ने मागसहितको आन्दोलन साम्य हुनुको सट्टा अझ चर्किंदै गएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top