काठमाडौंमा थप ९ जनामा हैजा पूष्टी

Share this
778shares

१२ असार,काठमाडौं । काठमाडौं उपत्यकामा ९ जनालाई हैजा देखिएको छ।

Advertisement

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले विभिन्न स्थानका ९ जनालाई आइतबार हैजा पुष्टी भएको जानकारी दिए।

काठमाडौंका डिल्लीबजार, बागबजार, कपन, थानकोटलगायत स्थानमा हैजा देखिएको र ललितपुरको सानेपामा पनि बिरामी भेटिएका छन्।

Advertisement

असार २ गते टेकु अस्पतालमा भर्ना भएका दुई बिरामीमा परीक्षण गर्दा हैजाको जीवाणु फेला परेको थियो। उनीहरू दुबै जना बागबजारस्थित एकै परिवारका थिए।

पछि परीक्षण गर्दा बागबजारको पानीमै हैजाको जीवाणु भेटिएको थियो।

Advertisement

सरकारले हैजाबाट बच्न सतर्कता अपनाउन भनेको थियो।

ललितपुर महानगरले आइतबार पानीपुरी, चटपटेलगायत सडकमा बेचिने खानेकुरामा प्रतिबन्ध लगाएको छ।

गृहमन्त्री बालकृष्ण खाणले शनिबार नै सम्बन्धित सरकारी निकायलाई हैजाबाट जोगिने उपाय अपनाउन निर्देशन दिएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top