१८ असार, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका(५ मा त्रियुगा नदी नियन्त्रणका लागि बेल्हा गाउतर्फ लगाएको बाँध बाढीले भत्काएको छ । बाँध भत्काएर करिब १० बिगाहा खेतमा बाढी पसेको छ ।उद्घाटनअघि नै पुल भाँचिएपछि यस क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । वर्षायाम नजिकिंदै जाँदा पनि नदी वारपार गर्ने कुनै विकल्प नहुँदा उनीहरू ज्यान जोखिममा राखेर नदी तर्न बाध्य भएका छन् । पुल नहुँदा चौदण्डीगढी ५ स्थित सिवाई(बेल्हाका वासिन्दा बढी समस्यामा परेका स्थानीय भास्कर चौधरीले बताए ।