स्थानीय चुनाव पछि पहिलो पटक लोसपाको केन्द्रीय कार्यकारिणी बैठक जारी

स्थानीय चुनाव पछि पहिलो पटक लोसपाको केन्द्रीय कार्यकारिणी बैठक जारी

१८ असार,काठमाण्डौ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको केन्द्रीय कार्यकारिणी बैठक जारी छ । स्थानीय चुनाव सकिएपछि पहिलो पटक कार्यकारिणी समितिको बैठक बसेको हो । यो बैठकमा स्थानीय चुनावको समीक्षा गरिनेछ ।यस्तै बैठकले आगामी संसदीय निर्वाचनबारे पार्टीको रणनीति तय गर्नेछ । लोसपा एमाले र कांग्रेससँग लगातार सम्पर्कमा छ । तर, कुन पार्टीसँग गठबन्धन गरेर जाने भन्ने निर्णय भने गरिसकेको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.