दोलखामा २ यात्रुवाहक बस ठोक्किए, २१ जना घाइते

१९ असार ७९, आइतबार
Share this
763shares

१८ असार,काठमाण्डौ ।दोलखामा आइतवार दुई यात्रुवाहक बस एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् ।चरिकोटबाट काठमाडौं जाँदै गरेको र काठमाडौंबाट चरिकोट जाँदै गरेको बस साढे १२ बजे भीमेश्वर नगरपालिकाको बोझघण्टी भन्ने ठाउँमा ठोक्किएका हुन् । घाइतेमध्ये काठमाडौंबाट चरिकोट जाँदै गरेको बसका चालक गम्भीर रहेको दोलखा प्रहरीले जनाएको छ । बा ३ ख ७४६३ नम्बरको यात्रुवाहक बस काठमाडौं जाँदै थियो भने प्रदेश ३, ००५ ख ९६९७ नम्बरको बस चरिकोटतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।दोखला प्रहरी प्रमुख डीएसपी गंगा पौडेलले हुस्सुका कारण दुईवटा गाडी ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको उनले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top