१८ असार,विराटनगर ।
प्रदेश १ सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट बहुमतले पारित भएको छ ।असार १ गतेमा अर्थमन्त्री इन्द्र आङ्बोले पेस गरेको बजेट आइतबार बसेको प्रदेशसभा बैठकमा बहुमतले पारित गरेको हो । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले पेस गरेको अर्थसम्बन्धीको प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मत र विनियोजन विधेयक–२०७९ बहुमतले पारित गरेको हो ।प्रतीपक्ष एमालेले राखेको खर्च कटौतीसम्बन्धी प्रस्ताव अस्वीकृत भएपछि एमाले बजेटको विपक्षमा उभिएको थियो । ९० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनतर्फ हाल ५० जना सांसद रहेका छन् ।प्रतिपक्षमा एमालेतर्फ सभामुखसहित ४० सांसद रहेका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट ल्याएको थियो ।