हुम्लामा पर्यटक लुटपाटको आरोपमा ७ जना पक्राउ

१९ असार, सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गरेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका जर्मन नागरिक ३८ वर्षीय मेटियर्स इक्माले आफूमाथि लुटपाट गरेको उजुरी दिएपछि उनीहरु पक्राउ परेका हुन् ।नाम्खा गाउँपालिका–५ नारा लेकबाट हिल्सातर्फ जाँदै गरेका इक्मालाई सडकमा काम गर्ने कामदारले लुटपाट गरेका प्रहरीको भनाइ छ । प्रहरी निरीक्षक दीपक मल्लका अनुसार हिल्सा–सिमकोट सडक निर्माणमा संलग्न कामदारले शनिबार लुटपाट गरेको इक्माले दिएको उजुरीका आधारमा सातै जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।प्रहरीले हिमाल सुनार, कमल थापा, छविलाल बस्नेत, माधव थापा, गणेश सुनार, खेम सुनार र विजय विष्टलाई नियन्त्रणमा लिएको हो । उनीहरुको ठेगाना दाङको घोराही र तुलसीपुर रहेको विष्टले बताए ।सातै जनालाई नाम्खाबाट सदरमुकाम सिमकोट ल्याइँद छ । इक्मा पूर्वको कञ्चनजङ्घा हिमालबाट हुम्लाको हिल्सासम्मको पैदल यात्रामा रहेका थिए । उजुरी दिएपछि उनलाई पनि जिल्ला प्रहरी कार्यालयमा ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top