भारतीय दूतावासका गार्डले आफैमाथि गोली प्रहार गरे

भारतीय दूतावासका गार्डले आफैमाथि गोली प्रहार गरे

२० असार,काठमाडौं ।

काठमाडौंस्थित भारतीय दूतावासका गार्डले आफैमाथि गोली प्रहार गरेका छन् । ड्युटीमा रहेका सुरक्षागार्डले आफैलाई गोली हानेको र उनको घटनास्थलमै मृत्यु भएको उच्च प्रहरी स्रोतले जनाएको छ ।दूतावासमा कार्यरत निजी सुरक्षगार्ड ३२ वर्षीय दीपक सिंहले आफैलाई गोली हानेका हुन् । उनले इन्सास राइफलबाट गोली चलाएको बुझिएको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । घटनाबारे दूतावास आफैले अनुसन्धान गर्ने जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.