मोरङको रतुवामाईमा एक जना महिलाको शव फेला,अझै पहिचान खूलेन

मोरङको रतुवामाईमा एक जना महिलाको शव फेला,अझै पहिचान खूलेन

२० असार,विराटनगर ।

मोरङमा एक जना महिलाको शव फेला परेको छ। सोमबार बिहान ६ बजे रतुवामाई नगरपालिका(२ क्यापटोलस्थित कल्भर्टको पानी जमेको खाल्डोमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।प्रहरीका अनुसार उनी अन्दाजी २५र२६ वर्षकी छन्। मृतक महिलाको सनाखत भइसकेको छैन। बिहान महिला मृत फेला परेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय डोरियाबाट प्रहरीको टोली खटिएको थियो। फेरि कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षकको टोली खटिएको थियो।ती महिलाले छोटो कपाल भएकी हरियो कपडा र कालो ट्राउजर लगाएकी छन्।अहिलेसम्म घटना शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ।थप विवरण पोष्टमर्टमको रिपोर्टले थाहा पाइने प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।पोष्टमर्टमको लागि शव रंगेलीस्थित अस्पताल पठाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.