२१,असार,विराटनगर ।रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा हाल सम्मको अपडेट अनूसार १२ जनाको मृत्यु भएको छ । खाँडादेवी गाउँपालिका–१ लुभुमा आज बिहान भएको बस दुर्घटनामा ९ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन् । घाइतेहरूको उद्धारका लागि हेलिकोप्टर समेत परिचालन गरिएको थियो । स्थानीय बासिन्दा र प्रहरी मिलेर उद्धार गरिएको थियो ।