२१ असार,एजेन्सी ।
भारतका होटल, रेस्टुरेन्टहरूमा सर्भिस चार्जु अर्थात् सेवा शुल्क लिन प्रतिबन्ध लगाइएको छ । सेवा शुल्क तिर्न बाध्य पारिएकोबारे ग्राहकको गुनासो बढेपछि भारतको उपभोक्ता संरक्षण प्राधिकरणले सेवा शुल्क लिन प्रतिबन्ध लगाएको हो ।भारतमा होटल, रेस्टुरेन्टहरूले सेवा शुल्कको नाममा ग्राहकको बिलमा ५ देखि १५ प्रतिशत रकम थप्ने गरेका छन् । अब मूल्यसूचीबाहेक अतिरिक्त रकम जोड्ने नपाइने व्यवस्था भएको बीबीसीले जनाएको छ ।प्राधिकरणले जारी गरेको नयाँ आचारसंहितामा अब होटल, रेस्टुरेन्टहरूमा प्रवेश गर्दा वा सेवा लिँदा ग्राहकको सहमतिविना अतिरिक्त शुल्क तथा टिप्स लिन पनि रोक लगाइएको छ । यसअघि सन् २०१७ मै होटल, रेस्टुरेन्टहरूमा ग्राकहले सरकारी करसहित मेनु कार्डमा उल्लेख भएको रकमबाहेक अरू शुल्क तिर्न नपर्ने व्यवस्था गरेको थियो । तर अहिले पनि सबैजसो होटल, रेस्टुरेन्टहरूमा सर्भिस चार्जको नाममा अतिरिक्त शुल्क जोडिने गरेको छ ।यस्तै प्राधिकरणले होटल, रेस्टुरेन्टहरूलाई आफ्ना कर्मचारीलाई उचित पारिश्रमिक दिन पनि भनेको छ ।