राष्ट्रपति विद्यादेवी भण्डारीकै नक्कली फेसबुक पेज बनाउनेलाई साइबर ब्युरोले अनुसन्धान थाल्यो

Share this
761shares

२१ असार,काठमाण्डौ ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीकै फोटो राखेर नक्कली फेसबुक पेज बनाएको पाइएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ ।फेसबुकमा अनुदान नामको फेसबुक पेज बनाएर राष्ट्रपतिको फोटो राखेर विभिन्न प्रलोभन देखाउँदै पोस्ट गर्न थालेपछि साइबर ब्युरोले अनुसन्धान थालेको हो । ‘राष्ट्रपतिकै फोटो दुरुपयोग गरेर यसरी गैरकानुनी क्रियाकलाप गरिरहेको थाहा पाउनेबित्तिकै हामीले साइबर ब्युरोलाई अनुसन्धानका लागि आग्रह गरेका छौँ, उहाँहरूले अनुसन्धान गरिरहनुभएको जानकारी प्राप्त भएको छ’, राष्ट्रपछिका सञ्चार विज्ञ टीका ढकालले बताए । नक्कली पेजमा ‘राज्य सहायताका लागि अहिले दर्ता गर्नुहोस् र नेपालमा प्रतिपरिवार एक हजार डलरसम्म पाउनुहोस्’, भन्ने उल्लेख गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top